दाङमा एसईई दिने तयारीमा रहेकी छात्रा माथि शिक्षकबाटै करणी

 

 

दाङ । दाङमा छात्रावासमा रहेकी १६ वर्षीया नाबालिका विद्यार्थीमाथि शिक्षकबाटै जबरजस्तीकरणी भएको छ । दाङको शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आफुमाथि शिक्षकबाटै जबरजस्तीकरणी भएको भन्दै छात्राले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाह्ेरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख छ । ‘सबै बसेर परीक्षाको तयारी गरिरहेका रहेछन्, त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ, भन्दै बाहिर बोलाउन भनेछन्’, प्रहरी निरीक्षक केसीले भने ‘त्यसपछि पीडितले अहिले पढिरहेको भनिरहदा इमरजेन्सी काम भएको भन्दै बोलाएर भवनको भ¥याङ्मुनी लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएका छन् ।’

पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्राबि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताए । पीडितले मंगलबार जाहेरी दिएका हुन् ।

साथै पीडित बालिकाको अबस्था सामान्य रहेको छ । उनको मंगलबार स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । धनौरी स्कुलको परीक्षा केन्द्र श्रीगाउँमा रहेको छ । पीडित बालिकाले परीक्षा भने नियमित दिइरहेकी छन् ।

 

तपाईको प्रतिक्रिया