देउखुरी – राजपुर गाउँपालिकालाई बजेट वाँडफाँडमा एकाधिकार लादेको आरोप लागेको छ । राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलको सर्वदलिय बैठकले पालिकाको बजेट विनियोजन गर्दा केन्द्रिकृत रुपमा नियन्त्रण गरेर वडा तहमा न्यून बजेट पु¥याएको प्रति ध्यानाकर्षण गराएको छ ।

चालु आर्थिक वर्षमा ५३ करोड बजेट रहेको गाउँपालिकाले वजेट विनियोजन गर्दा वडालाई विभेद गरेको भन्दै माथिल्लो तहमा ध्यानाकर्षण गराउने निर्णय भएको नेकपा एमाले राजपुर गाउँपालिका कमिटिका अध्यक्ष हेमकुमार जिसीले जानकारी दिएका छन् । वडा कार्यालयलाई २१ लख ५० हजार देखी २३ लाख ५० हजार सम्म मात्रै वजेट दिईएको छ । बाँकी सबै बजेट पालिका तहमा राखिएको र पालिकाबाट आफुखुसी कोटेसनको आधारमा काम गराइरहेको आरोप लगाइएको छ । हिउँदे अधिवेसनबाट समेत वडा तहमा कुनैपनि बजेट नपठाएकोमा आपत्ती जनाइएको छ ।
यस्तै नदीजन्य पदार्थको चोरी निकासी बढेको र नियन्त्रण गर्न स्थानीय सरकार, स्थानीय प्रहरी प्रशासनले कुनै चासो नदिएको भन्दै यस बारेमा सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । स्थानीय सरकारबाट वितरण हुने राहत तथा अनुदान सहयोगहरु आफुखुसी वितरण भइरहेको प्रति पनि ध्यानाकर्षण गराइएको छ ।
आफ्ना नजिकका मान्छेलाई मात्रै फाईदा पुग्नेगरी सहयोग वितरण गर्ने गरिएको बैठकले ठहर गरेको छ । राजपुर गाउँपालिका भित्रका विद्यालयमा लामो समय देखी कार्यरत शिक्षकहरुले खाइपाइ आएको तलव कट्टागरी एक रुपता कायम गर्ने नाममा शिक्षकहरुको मनोबल घटाउनेगरी नीतिगत निर्णय गरेको प्रति पनि बैठकले ध्यानाकर्षण गराएको छ ।
बैठकले राजपुर गाउँपालिकाको बार्षिक बजेट र खर्चको विवरण, बजेट वितरण, अनुदान, राहत सम्पूर्ण बार्षिक आय व्याय माग गर्ने निर्णय गरेको छ । सर्वदलिय बैठकले गरेको निर्णय कार्यान्वयन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिइएको ।

तपाईको प्रतिक्रिया