सुर्खेत वीरेन्द्रनगरको शहीद पार्कमा पिङ खेल्ने क्रममा एक महिलाको मृत्यु भएको छ । बुधवार पार्कमा पिङ खेल्ने क्रममा पिङ चुँडिएर दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया पवीसरा सुनारको मृत्यु भएको हो ।

यसै घटनामा परी पसीवरासँगै पिङ खेलिरहेहका वीरेन्द्रनगर–३ की २६ वर्षीया प्रतिमा गदाल र उनका छोरा २ वर्षीय प्रनिल गदाल घाइते भएका छन् । दुवैको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–४ मा रहेका प्रादेशिक शहीद पार्कभित्र रहेको फलामे पिङ खेल्ने क्रममा बेलुका ५ बजेतिर पिङ चुडिएको थियो ।
शहीद पार्कमा कांक्रेविहार फन पार्क रिसोर्ट प्रालिले पिङ सञ्चालन गर्दै आएको थियो । प्रहरीले फन पार्क सञ्चालक कर्ण मगरलाई पक्राउ गरेको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया