फागुन २० गते नेपाली काङ्ग्रेस दाङ क्षेत्र १ को बृहत क्षेत्रीय सम्मेलन हुने

शिव राज खनाल

 

देउखुरी १८ फागुन नेपाली काङ्ग्रेस दाङ क्षेत्र १ ले बृहत क्षेत्रीय सम्मेलनको आयोजना गरेको छ । फागुन २० गते लमही नगरपालिकाको सभा हलमा सम्मेलन हुन लागेको हो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा पार्टिका सह-महा मन्त्री किशोर राठौर आउने तय भएको पार्टिले जनाएको छ । पार्टिका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरी ,केन्द्रिय सदस्य गेहेन्द्र गिरि ,केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरे , लुम्बिनी प्रदेश सभापति अमर पुन , दाङ जिल्ला सभापति संकर डागीं लगायतका काङ्ग्रेस नेताको सहभागिता रहने तय भएको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ मा प्रबक्ता अजय न्यौपानेले बताए ।

दाङ क्षेत्र नम्बर १ भित्र रहने आम काङ्ग्रेसका नेता ,कार्यकर्ता शुभेच्छुक सस्था , भात्री संगठन लगाएत लाई कार्यक्रममा सहभागी हुन क्षेत्र नम्बर १ का सभापति भेष राज पाण्डेले अनुरोध समेत गरेका छन ।

तपाईको प्रतिक्रिया