
नाबालिका बलात्कार गरेको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) ले सफाइ पाएका छन्। उनलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको हो।
उच्च अदालत पोखराका न्यायाधीशहरु डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो।
यसअघि तनहुँ र नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएका थिए। तर तनहुँ अदालतले भने बाल यौन दुर्व्यवहारमा भने दोषी ठहर गर्दै साढे २ वर्ष कैदको सजाय सुनाएको थियो।
तर, बाल यौन दुर्व्यवहारमासमेत उनलाई सफाइ दिइएको हो। अदालतले सफाइ दिएसँगै अब उनी रिहा हुने भएका छन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया