राप्तीकाे १ नं वडामा एमाले र २ मा माओवादी विजयी

दाङ । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा राप्ती गाउँपालिका वडा नं १ मा नेकपा एमाले र पडा नं २ मा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

 

एमालेकाे तर्फबाट गेम बहादुर खड्काकाे प्यानल नै विजयी भएकाे छ । उनले कुल खसेकाे २८२६ मतमा ९२५ मत ल्याइ विजयी भएका छन् ।

त्यसैगरी  महिला सदस्य पार्वती सुवेदीले १०२८, दलित महिला सदस्य रञ्जना सुनामले ९७५, खुल्ला सदस्य आत्मराम पाैडेलले ८६८ र खुल्ला सदस्य चुमानसिंह खत्री क्षेत्रीले ८१९ मत ल्याइ विजय भएका छन् ।
                                        
त्यसैगरी २ नं वडामा माओवादी केन्द्रका तर्फबाट पहलवान चाैधरी अनुपकाे प्यानल नै विजयी भएका छन् । उनले कुल खसेकाे २९०९ मतमा १००९ मत ल्याइ विजयी भएका छन् ।
यसैगरी महिला सदस्य पिमा गाहा मगर १०३५, दलित महिला सदस्य तुलसा सार्की १०४४,खुल्ला सदस्य टेकबहादुर रावत ९८५ र खुल्ला सदस्य मनबहादुर पुन १०१६  मत ल्याऊ  विजयी भईका हुन् ।
गाउँपालिकामा अहिले सम्म वडा नं १,२,८ र ९ काे नतिजा सार्वजनिक भएकाे छ । जसमा वडा नं १ र ८ मा एमाले, २ र ९ मा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा भने माओवादी र राजमो को गठबन्धका उम्मेदवार प्रकाश विष्टले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका जगत प्रसाद पाेख्रेलले पछ्याईरहेका छन् ।

तपाईको प्रतिक्रिया