स्थानीय तह सदस्य निर्वाचन २०७९ मा राप्ती गाउँपालिका वडा नं ८ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं ८ मा एउटा खुला सदस्य बाहेक अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर गुरूङ्गको टिम बिजय छ ।
उनले कुल खसेको मत २५५३ मा ८६६ मत ल्याइ विजयी भएका हुन् ।
त्यसैगरी महिला सदस्य चम्फा पुनले ८९७, दलित महिला सदस्य भानु विकले ८६८, खुल्ला सदस्य दयाराम चौधरीले ८५६ र नेपाली काँग्रेस खुल्ला सदस्य सुन्दरबहादुर शाहीले ७९७ मत प्याप्त गरी विजयी भएका छ ।
गाउँपालिका अध्यक्षमा भने माओवादी र राजमो को गठबन्धनका उम्मेदवार प्रकाश विष्टले अग्रता लिएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया