लमही महोत्सवमा टंक तिमिल्सिनाले तताए स्टेज, बिहिबार शान्तिश्री परियार आउने

 

 

लमही । दाङको लमहीमा जारी महोत्सवमा बुधबार गायक टंक तिमिल्सिनाले दर्शक नचाए ।

‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौं देउखुरी कृषि पर्यटन तथा व्यापारीक महोत्सवको बुधबार चौधौ दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका मञ्जु पौडेल र गायक मनिष खड्काले दर्शकको भिडलाई आफ्नो सुमधुर गीतबाट माहोल तताएका थिए ।

पछिल्लो समय निक‌ै चर्चामा रहेका गायक टंकले छुच्ची मायालु, पैसा पैसा चिरिम्म, सनसनी सनसनी यो मुटु खाइरहने, मेरी चम्पा, हुक्का बार लगायत करिव १ दर्जन गित गाएर दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । गायक टंकले स्टेजमा गित गाइरदा दर्शकहरूले हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।

त्यस्तै महोत्सवमा चर्तित मोडेल तथा डान्सरहरू अस्मिता रनपल र टीका जैशीले विभिन्न चर्चित गितहरूमा नृत्य प्रस्तुत गरेका थिए ।

लमहीमा जारी महोत्सवमा माघ २६ गते बिहिबार चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार आउने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिएका छन् ।

महोत्सव माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया