दाङ-सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ बर्षका रमेश ठाडा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनलाई मंगलबार राति नै उनकै घरबाट पक्राउ गरिएको हो । उक्त भिडियो उनकै घरको नजिक बासघारिमा चैतको महिनामा बनाएको प्रहरीले जनाएको छ ।
भिडियोमा तुलसीपुरकि २१ वर्षीय एक युवती माथि रमेश ठाडा मगरले गालीगलौज गर्दै चक्कु प्रहार गरेको तथा युवती रुँदै `अब गर्दिनँ´भन्दै अनुरोध गरिरहेको दृश्य देखिएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया