लमहीमा जारी महोत्सव २९ गतेसम्म चल्ने

 

 

दाङ – लमहीमा जारी देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव चार दिन थप गरिएको छ ।

उद्योग वाणिज्य संघ लमहीको आज बसेको बैठकले चार दिन लम्ब्याउने निर्णय गरेको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल ( विविधता पार्क) मा सञ्चालित महाेत्सव अब आगामी आइतबार २९ गते समापन हुने भएको छ ।

बुधबार माघ २५ गते लोकप्रिय गायक टंक तिमिल्सिना, मन्जु पौडेल, टीका जैशी, मनिष खड्का, अनुप बुढा, दीपक वर्मा, राष्ट्रिय तथा स्थानीय कलाकारहरको प्रस्तुति रहने छ ।

तपाईको प्रतिक्रिया