राजधानी व्यवस्थापनको बिषयमा लुम्बिनी प्रदेश सरकारले शुक्रबार छलफल गर्ने

 

 

 

दाङ । राजधानी व्यवस्थापनको बिषयमा लुम्बिनी प्रदेश सरकारले सरोकारवाला निकायको विचमा शुक्रबार छलफल गर्ने भएको छ ।

मन्त्रालयको कार्यालय व्यवस्थापन र अन्य सरोकारको बिषयमा छलफल गर्ने योजना रहेको एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।

राजधानी व्यवस्थापनलाई पूर्णता दिन सरकारले तयारी थालेको हो । सेवा प्रदायक कार्यालयमा मन्त्रालय स्थापना गर्न समस्या हुने भएकाले सार्वजनिक तथा सरकारी अन्य भवनको खोजि गर्ने तयारी गरिएको छ । १३ मन्त्रालय मध्य ६ वटा मन्त्रालय प्रदेश राजधानी परिसरमा छन भने बाँकी मन्त्रालय पालिका र वडा कार्यालयमा स्थापना गरिएको छ ।

वडा कार्यालयमा रहेका मन्त्रालयलाई नयाँ भवनको खोजि गरेर स्थापनाको तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया