लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले लिए विश्वासको मत

 

 

दशरथ घिमिरे

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिएका छन । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिए ।

नेपालको संविधानको धारा १८८ को उपधारा(१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम(४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिए । ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका छन । मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदहरुको  सहित ५७ जनाले पक्षमा मतदान गेका छन् । नेकपा माअाेवादी स‌ंसदिय दलका नेता जाेखबहादुर महराकाे अामाकाे निधन भएपछी उनि उपस्थित भएनन् । सभामुख पनि मतदानमा सहभागी भएनन । जसले गर्दा विश्वासकाे मत ५७ र विपक्षमा २८ मत खस्याे ।

सरकार गठनमा पक्षमा नरहेकाे एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती अधिकारीले विश्वासकाे मत भने मुख्यमन्त्री लिला गिरीलाइ दिइन । छलफल र समाझदारीका अाधारमा उनले विश्वासकाे मत दिएकी हुन।

मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक गरि विपक्षमा २८ जनाले मतदान गरेका छन् ।

मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्तमानेमा विश्वासको मत का लागी प्रदेश सभा समक्ष प्रस्ताव राख्ने सक्ने प्राब्धान संविधानमा छ । मुख्यमन्त्री लिला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सभा सदस्य:८७

उपस्थिति संख्या: ८६

मतदानमा सहभागी:८५

पक्षमा: ५७

विपक्षमा:२८

तपाईको प्रतिक्रिया