घाँटीमा स्टेस्थेस्कोप भिरेर पदभार ग्रहण गरेपछि स्वास्थ्य राज्यमन्त्रीको आलोचना

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले पदभार सम्हाल्ने क्रममा घाँटीमा स्टेस्थेस्कोप लगाएर प्रस्तुत भएपछि स्वास्थ्य क्षेत्रमा उनको आलोचना सुरु भएको छ ।

 

बिरामीको उपचार गर्न क्लिनिकमा बसेको जस्तो गरि उपस्थित भएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरूले त्यसको चर्को आलोचना गरेका छन् । एकाथरीले उनको शैली सस्तो लोकप्रियताका लागि भएको अनुमान गरेका छन् भने अर्का थरिले अपरिपक्कको सँज्ञा दिएका छन् ।

हुन पनि अपाच्य रुपमा प्रस्तुत भएको उक्त शैली आफैमा असहज जस्तो थियो । घाँटीमा स्टेस्थेस्कोप बेरेर सभाहलमा उपस्थित हुँदा उनलाई सबै जसोले मुखामुख गरेर खिसिट्युरी गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यो आफैमा स्वास्थ्य मन्त्रालय हो । राज्यमन्त्री जिले यसरी उपस्थित हुनु सुहाउने कुरा हैन । राम्रो सस्कार नभएको उनिहरूको तर्क छ ।’

डा. कार्की भन्दा धेरै सिनियर चिकित्सकहरू पनि मन्त्री भएर स्वास्थ्यमा आएका छन् । तर, उनिहरू चिकित्सक समेत हैननकी जस्तो गरी प्रवेश गरेर बाहिरिएका थिए । मन्त्री हुँदा स्टेस्थेस्कोप घाटीमा भिरेर हिँडेको यो नेपालमा पहिलो घटना हो ।

 

 

तपाईको प्रतिक्रिया