दुई देशले चलाएपछि नेपाल भित्रिएको थियो दुर्घटना भएको यतिको विमान

पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमान दुई देशले चलाइसकेपछि नेपाल भित्रिएको पाइएको छ।

 

दुर्घटना भएको यतिको एन ९–एएनसी एटीआर–७२ को विमान यसअघि भारत र थाइल्याण्डमा चलाइएको पाइएको छ।

यो विमान सन् २०१७ मा भारतको किङफिसर एअरलाइन्सले चलाएको थियो। त्यसपछि सन् २०१३ देखि थाइल्याण्डको नोक एअरलाइन्सले चलाएको पाइएको छ। सन् २०१९ अप्रिलदेखि भने यो विमान यति एयरलाइन्सले चलाउँदै आएको थियो।

सोही विमान आइतबार काठमाडौंबाट पोखरा जाने क्रममा दुर्घटना भएको हो। पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटनामा परेको हो।

उक्त विमान चालक दलका ४ सदस्यसहित जम्मा ७२ जना रहेका थिए। अहिलेसम्म ३२ जनाको शव निकालिसकिएको छ।

तपाईको प्रतिक्रिया