६८ यात्रु लिएर उडेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त

 

 

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ।

आइतबार बिहान पोखराका लागि उडेको एनलाइन–एएनसी एटिआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना परेको यति एयरलाइन्सले जनाएको छ।

विमानमा यात्रु संख्या ६८ र चालक दलका ४ जना सदस्य रहेका थिए।

दुर्घटनामा परेकाहरुको उद्धार कार्य जारी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया