लुम्बिनीमा आलोपालो भन्ने मलाई थाहा छैन : मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले ५ वर्ष नै आफ्नो नेतृत्वमा सरकार रहने बताएका छन् ।

 

सञ्चार माध्यमहरुमा आएको जस्तो साढे २ वर्ष एमाले र मोआवादीले आलोपालो नेतृत्व गर्ने बारे आफूलाई जानकारी नभएको स्पष्ट पारे ।

बुधबार मुख्यमन्त्री पदमा नियुक्त भएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै गिरीले केन्द्रमा सहमती भए अनुसार लुम्बिनी प्रदेशमा एमालेको तर्फबाट आफूले सरकारको नेतृत्व गरेको र कार्यकाल आधा–आधा भागबण्डा गर्ने बारे पार्टी नेतृत्वबाट कुनै जानकारी प्राप्त नभएको उल्लेख गरे ।

गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनको सपथ विहिबार दिउसो प्रदेश राजधानी राप्ती उपत्यकामा गर्ने कार्यक्रम रहेको छ । प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय सीमाको अन्तिम दिन धुबार सत्तारुढ दलहरुले दाबी पेश गरेका थिए । गिरीलाई एमालेसहित ७ राजानीतिक दल र २ स्वतन्त्र गरी ५७ जना सांसदले समर्थन गरेका छन् ।

तपाईको प्रतिक्रिया