नेकपा एमालेकाे माघ मिलन कार्यक्रम सम्पन्न

जगत खनाल

 

दाङ-नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नम्बर १ ले लमहीमा माघ मिलन कार्यक्रम राखेकाे छ ।

नेकपा एमाले क्षेत्रीय कमिटी संयोजक सहजराम यादबको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय पोलिटब्युरो सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ चौधरीले थारु जातिको संस्कृति लाई संरक्षण गर्नु पर्नेमा जोड दिइन । `हामीले थारू संस्कृति लाई संरक्षण गरि बिश्व सामु चिनाउन सके पर्यटकलाई नेपालमा भित्र्याउन सकिन्छ´उनले भनिन-`माघ पर्व हामी सबैकाे साझा पर्व हाे ।´ नेकपा एमाले केन्द्रीय लेखा अायाेग सदस्य रेवतीरमण शर्माले माघ पर्वले नेपाली समाजलाई एकतामा बाधेको बताए ।

लुम्बिनी प्रदेश कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य सीता चौधरी लगायतले सम्बाेधन गरेका थिए । कार्यक्रममा विभिन्न किसिमका झाकी तथा थारु नृत्य पनि प्रस्तुत गरिएको थियो ।

क्षेत्रीय सह संयोजक लक्ष्मी शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन क्षेत्रीय सचीव सिबराज गिरिले गरेका थिए ।

तपाईको प्रतिक्रिया