दाङ – लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न चार बजेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम बहुमत सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि दाबी पेश गर्न समय दिएका छन्।
सो समयभित्र नेकपा माओवादी केन्द्रलगायत अन्य दलको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गरिने छ। त्यसपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन्।
लुम्बिनीमा कुनैपनि दलको बहुमत नपुगेकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्री नियुक्तीको लागि आह्वान गरेका थिए।
अब प्रदेश प्रमुखले दिएकै समय सिमाभित्र मुख्यमन्त्री नियुक्तीको दाबी पेश गरिने भएको छ। एक दिन अगाडि मंगलबार दाबी पेश गर्ने तयारी गरेपनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि मंगलबार दाबी पेश हुन नसकेको प्रदेशसभा सदस्य तथा एमाले नेता भूमिश्वर ढकालले जानकारी दिए।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेका थिए।
नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थमान बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ। सोही प्राब्धान अन्तरगत प्रदेश प्रमुखले पुस २७ गते बुधवार अपराह्न ४ बजे सम्मको समयमा दावी पेश गर्न समय दिइएको छ।
एमाले २९, माओवादी ९, राप्रपा/नागरिक उन्मुक्ती ४/४, जनमत पार्टी/जसपा ३/३ सिट छ। यहाँ नेपाली कांग्रेस २७, राष्ट्रिय जनमोर्चा/नेकपा एकीकृत समाजवादी एक/एक, लोकतान्त्रीक समाजवादी तीन, स्वतन्त्र ३ जना छन्।

तपाईको प्रतिक्रिया