बुटवल । बुटवलको मिलनचोकमा बुधबार साझ प्रेसर कुकर बम विस्फोट भएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आकाशे पुल नजिकै बम विष्फोट भएको हाे ।

बम विस्फोटबाट कुनै क्षति भएको छैन । बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको छ ।
घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा बहुमत पार्टीको पर्चा भेटिएको र बिस्पोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया