काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि सात दिनको म्याद दिएर आह्वान गरेकी छिन्। राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रपतिको सूचनाबारे जानकारी गराएको हो।

‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७:०० बजे भित्र दाबी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया