भालुवाङ र सिसहनियाँमा इसिजी सेवा सुरु

राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा राप्ती गाउँपालिकाको दुईवटा स्वास्थ्य संस्थाबाट ग्रामीण टेलीकार्डियोलोजी कार्यक्रमको शुभारम्भ गरिएको छ।

 

राप्ती गाउँपालिका वडा नं ५ स्थित सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालबाट सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

उक्त कार्यक्रम मार्फत मुटुका बिरामीहरुले अब अनलाईबाटै विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परामर्श सेवा लिन पाउने भएका छन्। दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले विरामीहरुको मुटुको ई.सी.जी. गरि सो कार्यक्रमको शुभारम्भ गरेका छन् ।

ई.सी.जी सेवा सञ्चालन भए पश्चात् देउखुरी क्षेत्रका विपन्न मुटु रोगी बिरामीहरुले नजिकैको स्वास्थ्य संस्थाबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने छन्।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भालुबाङमा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख आथित्यतामा रहेको थियो भने सिसहनियाँ अस्पतालमा प्रमुख अथिति लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारु रहेका थिए ।

तपाईको प्रतिक्रिया