सिद्धार्थ बैंकको झण्डै एक लाख सहयोगमा आदर्श विद्यालयमा फिल्टर जडान, शुद्धपानी खान पाउदा विद्यार्थी खुसी

 

 

दाङ–सिद्धार्थ बैंक लिमिटेड लमही शाखाले झण्डै एक लाख रुपैयाँको लगानीमा सामुदायीक विद्यालयमा शुद्ध खानेपानीको लागी फिल्डर जडान गरेको छ । जसबाट विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकले शुद्ध खानेपानीको सुविधा प्राप्त गरेका छन् ।

विद्यार्थीको संख्या बढ्दै जाँदा सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको समस्या देखिने गरेको छ । विद्यालयको आन्तरिक श्रोत नहुदा कतिपय अवस्थामा खानेपानीको समस्या समाधान हुन नसक्ने अवस्था छ । तर, पछिल्लो समय केही विद्यालयमा बैंक तथा वित्तिय संस्थाले सामाजिक उत्तरदायीत्व अन्तरगत शुद्ध खानेपानीको लागी फिल्डर जडान गर्न थालेका छन् ।

सिद्धार्थ बैंक लिमिटेड लमही शाखाले आदर्श नमुना माध्यमिक विद्यालय देउपुरमा आधुनिक प्रविधि सहितको फिल्टर जडान गरेको बैंकका शाखा प्रमुख सुवाश शाहीले जानकारी दिनुभयो ।‘बैंकले समाजबाट लिने मात्रै होइन, दिने पनि हो भन्ने मान्यताको आधारमा सामाजिक उत्तरदायीत्व अन्तरगत कार्यक्रम गरेका हौं’उहाँले भन्नुभयो,‘शुद्ध पानीको अभाव थियो । अव फिल्टर जडान भयो । विद्यार्थी र शिक्षकलाई शुद्धपानीको लागी कुनै दुःख हुने भएन् ।’

आदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा १ देखी १० सम्म एक हजार चार सय विद्यार्थी छन् भने कक्षा ११ र १२ मा ८ सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुलाई खानेपानी पु¥याउन समस्या छ । बेलाबखत विद्यार्थीमा पानी जन्य रोग समेत देखिने गरेको छ । तर, अव शुद्धपानीको उपभोग गर्दा विद्यार्थी र शिक्षकलाई सजिलो हुने विद्यालयका प्रधानाध्यापक कुलचन्द्र पौडेलले बताउनु भयो ।‘पानी शुद्ध नहुदा समस्याहरु देखिन्थे । अव फिल्टरबाट पानी राम्रोसंग छानिने भयो । सबैलाई सजिलो हुने भयो’उहाँले भन्नुभयो,‘विद्यार्थी संख्या बढ्दै जाँदा पानीको दुःख पनि थियो ।’ विद्यालयमा एक कार्यक्रमको आयोजनागरी बैंकका शाखा प्रमुख शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरी, विद्यालयका प्रधानाध्यापक कुलचन्द्र पौडेल लगायतलाई हस्तान्तरण गर्नु भएको हो ।

बैंक तथा वित्तिय संस्थाले सामाजिक उत्तरदायीत्व अन्तरगत समुदायमानै गर्ने लगानीलाई अझ बढाउन जरुरी छ । नाफा मात्रै कमाउनु भन्दा समाज विकासमा गर्ने लगानीको अर्थ महत्वपूर्ण हुने गर्छ ।

तपाईको प्रतिक्रिया