लथालिङ्ग राजधानीलाई व्यवस्थापन गर्न राप्तीमा एमालेको सरकारः महासचिव पोख्रेल

वैशाख । नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले अहिले गठबन्धन सरकारले बनाएको लथालिङ्ग राजधानीलाई व्यवस्थापन गर्नका लागि पनि राप्तीमा एमालेका उम्मेदवार जगतप्रसाद पोख्रेललाई निर्वाचित गराउन आवश्यक रहेको बताएका छन् ।

 

देउखुरीको सिसहनियाँमा आज नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै पोख्रेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिकामा ल्याउनु पर्छ भन्ने परिकल्पना एमालेको रहेकोले तर गठबन्धन सरकारले बनाएको लथालिङ्ग राजधानीलाई व्यवस्थापनका लागि पनि राप्तीमा एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।

राप्ती गाँउपालिकालाई सुन्दर शहरसहितको राजधानी निर्माण गर्ने र गाउँपालिकालाई नगरपालिकाको रुपमा विकास गर्ने सम्पूर्ण जिम्मेवारी लिने कुरामा जोड दिदै महासचिव पोख्रेलले भने ‘राजधानी निर्माणको मास्टर प्लान आफूहरुसँग मात्र रहेको हुदा राप्तीमा जगत पोख्रेलले जित्नु भनेको लथालिङ्ग रहेको राजधानी व्यवस्थापन गर्नु नै हो ।’

तपाईको प्रतिक्रिया