
मानसिंह विश्वकर्मा
भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नगर्नका लागि अनुरोध गर्दै सबै सम्मेम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गर्नुभएको छ ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सभाले पारित गरेको कुरा बताउँदै –‘२०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । त्यसलाई कार्यन्वयन मात्रै गरेको हो, हाल सरकारले त्यसको निर्णयलाई अक्षर पालना मात्रै गरेको त्यसैले विवाद नगरी सिंगो पदेशबासी जनताको मनोभावनालाई केन्द्रीत गर्ने हो ।’
उहाँले लुम्बिनी प्रदेशको मुकाम र नामकरणका विषयमा सबै जिम्मेबार भएर कार्यन्वय गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधी, सरोकारवाला लाग्नका लागि अनुरोध गर्नुभयो ।
मुख्यमन्त्री केसीले ‘आफ्नो कार्यकालमा एउटा गौरवको आयोजनाको रुपमा अगाडि बढाएको छ र त्यसलाई कार्यन्वय गरी अगाडि बढाउनु खोजीएको बताको बताए ।’ यो कार्यन्वयका लागि सहयोग गर्ने सबैलाई अझै थप सहयोग गर्नका लागि आग्रह गर्नुभएको छ ।
लुम्बिनी प्रदेशको राजधानी नेपालको सबैभन्दा नमूना योग्य बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । लुम्बिनी प्रदेशको राजाधानी देउखुरीबाट सरकार र सदन एउटै कमाण्डबाट सञ्चालन हुने बताउँदै यो केन्द्रीय सरकारको भन्दा बढी राम्रो हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया