
बुटवल । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुटवलबाट राजधानी स्थायी राजधानी दाङको राप्ती उपत्यकामा सार्नुको विकल्प नभएको बताएका छन् ।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले बुटवलमा मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री खड्काले प्रदेश सभाले बहुमतकासाथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे । उनले राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरन्जित ढङ्गले व्याख्या नगर्न सबैलाई आग्रह समेत गरे ।
स्थायी राजधानी कार्यान्वयन गर्न मंगलबार बिहान तीन वटा ट्रकमा मुख्यमन्त्री कार्यालयका सामानहरू राप्ती उपत्यका देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार अबदेखि मुख्यमन्त्री कार्यालयका सम्पूर्ण काम राप्ती उपत्यका देउखुरी दाङबाट नै हुने छ ।
मन्त्री खड्काले दाङको राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया