
दाङ–दाङमा टिप्पर र बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा ८ जना यात्रा घाइते भएका छन । लमही बाट घोराही जादै गरेको रा १ ख१३६० नम्बरको टिप्पर र घोराही देखि बुटवल जादै गरेको लु १ ख ८४७२ बस लमही नगरपालिका–६ बेलदमारमा ठोक्किएको थियो ।
यस्तै दुर्घटनापछी अवरुद्ध सडक सुचारु गर्ने क्रममा तीन वटा कार र २ वटा मोटरसाइकलमा क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा परेको बस हटाउने क्रममा बस ब्याक हुदा कार र मोटरसाइकलमा क्षति भएको छ । कारमा सवार थप पाँच जना यात्रु घाइते भएका छन । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया