राजधानी दाङ सार्दा जाँदैनौ‌ भन्ने कर्मचारीहरुलाई अध्यक्ष  बिष्टकाे १२ बुँदे सुझाव

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले स्थायी राजधानीमा कर्मचारीलाई कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष बिष्टले बुधवार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आउन नमान्ने राष्ट्रसेवक कर्मचारी १२ बुँदे सुझाव दिएका छन् ।

 

स्थायी राजधानीमा जाँदा सेवा सुविधा कम हुने भन्दै आन्दोलन गरेका कर्मचारीलाई अध्यक्ष बिष्टले सामाजिक सञ्जालमा लेखेका छन् ‘तपाइहरुका लागि आबश्यक पर्ने भौतिक संरचना राप्ती गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा प्रयाप्त छन्, त्यसकारण बस्ने घर पाइदैन भनेर बाहना नगर्नुहोस् ।

‘अनि किन बहानाबाजी गर्नुहुन्छ रास्ट्रसेवकहरुले ? जागिर खादा सरकारले पठाएको ठाउँमा जान्छौ भनेर कसम खानुभएको बिर्सनुभयो ? रास्ट्र र जनताको विरुद्धमा यस्ता निर्णय गर्ने ट्रेड युनियन किन चाहियो ?’

सामाजिक सञ्जालमा अध्यक्ष बिष्टले लेखेका १२ बुँदे सुझाव 

लुम्बिनी प्रदेश सरकारले निर्णय गरेको ठाउँ देउखुरी उपत्यका राजधानी सार्दा जादैनौ भन्ने रास्ट्रसेवकहरुलाई मेरो सुझाव:-

• तपाईंहरुका लागि आबश्यक पर्ने भौतिक संरचना राप्ती गाउँपालिका,गढवा गाउँपालिका र लमही नगरपालिका मा प्रयाप्त छन,त्यसकारण बस्ने घर पाइदैन भनेर बाहना नगर्नुहोस् ।

• तपाईंहरुका लागि आबश्यक पर्ने खाद्यान्न,तरकारी दैनिकउपभोग्य बस्तु सबै यहाँ हामि ब्यबस्था गर्न सक्छौ।

• तपाईंहरुका छोराछोरीहरुले पढ्ने प्रशस्त मात्रामा सामुदायिक तथा संस्थागत बिद्यालय छन हामि कहाँ

• यहाँ सबैका छोराछोरीले पढ्न पाएका छन।

• बिरामी हुदा उपचार गर्ने अस्पताल पनि प्रशस्त छन,नभएको ठाउँमा तपाईं हामी मिलेर बनाउने हो।

• अनि किन बहाना बाजि गर्नुहुन्छ रास्ट्रसेवकहरुले?जागिर खादा सरकारले पठाएको ठाउँमा जान्छौ भनेर कसम खानुभएको बिर्सनु भयो?

• रास्ट्र र जनताको विरुद्धमा यस्ता निर्णय गर्ने ट्रेड युनियन किन चाहियो?

• यदि तपाईंहरु साच्चिकै नआउने हो भने, अब दाङका १० वटै स्थानीय सरकारले आफुसङ्ग भएका रास्ट्रसेवकहरुलाई खटाएर भएपनि राजधानी देउखुरी उपत्यका मै संचालन गर्नुपर्छ।

• यस्ता कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउनुपर्छ र ज्यालादारी अथवा करारमा कर्मचारी ल्याएर भएपनि काम गर्नुपर्छ।

• चाहना भए बहाना आफै हराएर जान्छ।

• तपाईंहरु बहानाबाजि गर्दै गर्नुस् हामी स्वागत गर्दैछौ।

• सरकार-बुटवल मा बस्न चाहने कर्मचारीले मात्र चलाउने हो कि? जनप्रतिनिधिले पनि सुझाव दिनुहोस् ।

तपाईको प्रतिक्रिया