वैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको गयराति निधन भएको हो । बघौसी निवासी ५३ वर्षका चौधरीको मिर्गौला र कलेजोमा समस्या थियो ।
उहाँले यसअघिको कार्यकाल तुलसीपुर– १७ को वडा सदस्य भएर गर्नुभएको थियो ।
चुनाव प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उहाँलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ निको नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
शिक्षण अस्पतालमै उहाँको उपचारको क्रममा निधन भएको हो ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया