लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए ।
उम्मेदवार गुरुङ केही समयदेखि बेंसीशहर नगरपालिका ७ मा बस्दै आएका थिए । उनका श्रीमती, ४ छोरा र २ छोरी छन् । गुरुङले उम्मेदवारी फिर्ताको समय भन्दा ढिला गरी आफूले सत्ता गठबन्धनको उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई समर्थन गर्ने भन्दै उम्मेदवारी निस्क्रिय पारेका थिए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया