
दाङ । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् ।
८ हजार ५०० मत गणना हुँदा एमालेका महासचिव शंखर पोखरेल शर्मा भन्दा १ हजार १९ मतले पछाडि परेका छन् । सत्ता गठबन्धन दलको समर्थन पाएकी रेखाले ३ हजार ६७२ मत ल्याउँदा पोखरेलले २ हजार ६५३ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १ हजार २२ मत ल्याएका छन् ।
सत्ता गठबन्धन दलको प्रभाव रहेको क्षेत्रबाट मतगणना सुरु भएकाले महासचिव पोखरेल पछाडि परेको नेकपा एमालेले बताएको छ । एमालेको प्रभाव क्षेत्रहरुमा गणना हुन बाँकी भएकाले अहिले नै हतार गर्न नहुने बताएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया