
देउखुरी । दाङको देउखुरीमा एक घरमा सोमबार राती आगलागी भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती स्थित ताराबहादुर खत्रीको खरको छाना भएको फुसको घरमा गएराती आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार राती करीब ९ः१० बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागी हुँदा घर जलेर पुर्णरूपले नष्ट भएको हो ।
आगलागीबाट घरभित्र रहेको १ तोला सुन, नगद रू ३० हजार, लत्ताकपडा, अन्नपात, कागजपत्र गरि करिव ४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुजन विक्रम शाहले जानकारी दिए ।
प्रहरी निरिक्षक शाहको नेतृत्वमा गएको इलाका प्रहरी कार्यालय भालुवाङ र प्रहरी चौकी मसुरियाका प्रहरी जवान, म्यादी प्रहरी र स्थानीयको सहयोगमा १ घण्टा लगाएर आगो निियन्त्रणमा आएको थियो ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया