
दाङ । राप्ती गाउँपालिका वडा नं. ५ को पहाडी क्षेत्र करङ्गेकोटमा मत माग्न पुगेका उम्मेदवारहरुसँग त्यहाँका जनताले त्यस क्षेत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीका विषयमा विशेष ध्यान दिन अनुरोध गरेका छन् ।
दाङ क्षेत्र नं. १ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार गंगाराम भट्टराईले करङ्गेकोटका जनताको माग सम्वोधन गर्दै करङ्गेकोट जोड्ने बाटोको स्थरउन्नती गर्ने बताएका छन् । करङ्गेकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैं भट्टराईले सिसहनिया–करङ्गेकोट जोड्ने बाटोको स्थर उन्नती गर्ने बताएका हुन् ।
‘सिसहनिया–करङ्गेकोट जोड्ने बाटो कच्ची छ । वर्षातमा सिसहनियाँसँग सम्बन्ध विक्षेद जस्तो हुने गरेको छ ।’ भट्टराइले भने–‘त्यसैले यस बाटो स्थर उन्नती गरी वर्षात र हिउदमा यस बाटो मोटर चल्ने बनाउने छु, मैले धेरै चिल्ला कुरा मात्र गरेर संसार गर्छु भन्दैन ।’ बस्तीमा रहेका समस्या समाधान गर्दै जाने बताए ।
बाटोको स्थर उन्नतीमा जोड दिदै उनले भने ‘यस गाउँको समस्या मध्ये मुख्य समस्या भनेको बाटो हो, बाटोको स्थर उन्नती गर्न सके भने मेरो ५ वर्षे कार्यकाल मेरा लागि सुनौलो हुनेछ ।’
बाटोको समस्या समाधान गर्न सके भने यस क्षेत्रको स्वास्थ्य, शिक्षा, रोजगारीका समस्या पनि विस्तारै समाधान हुदै जानेमा जोड दिए ।

तपाईको प्रतिक्रिया