
दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गठबन्धनले चुनाव जिते देशमा थप आर्थिक संकट निम्तने बताउनु भएको छ । दाङको लमहीमा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनावको माध्यमबाट गठबन्धन लाई हराउने जिम्मा मतदाताको भएको उल्लेख गर्नु भयो ।
‘अहिले हेर्नुस देशको अवस्था कस्तो छ । आर्थिक संकट मडारिएको छ’ उहाँले भन्नुभयो– ‘गठबन्धन सरकार नालयक सरकार सावित भयो । अब फेरि गठबन्धन सरकार बने देश झन संकटमा फस्छ ।’

चुनावी अभियानको क्रममा दाङ क्षेत्र नम्बर १ का विभिन्न स्थानमा आयोजना गरिएका चुनावी सभालाई ज्ञवालीले सम्बोधन गरेका छन । प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरी, प्रदेश १(१) उम्मेदवार गंगाराम भट्टराई, प्रदेश सभा १(२) का उम्मेदवार कुलबहादुर केसी सहित केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, अनुशासन आयोग सदस्य सरस्वती गौतम, प्रदेश कमिटी सदस्य जगत पोख्रेल, नारायण डिसी छम्पाली, मोहन पाण्डे, शुसिला शर्मा, समानुपातिक उम्मेदवार वेदनिधि धिताल, क्षेत्र नम्बर १ संयोजक शहजराम यादव लगायतको सहभागीता थियो ।
कोलहीमा भएको कार्यक्रममा माओवादी परित्याग गरि मनिराम चौधरी एमाले प्रवेश गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया