कोइलाबास नाकामा भन्सार कार्यालय स्थापना हुन्छ: गंगाराम भट्टराई

दाङ क्षेत्र नं. १ (१)का प्रदेश सभा सदस्यका उम्मेदवार गंगाराम भट्टराईले कोइलाबास नाकामा भन्सार कार्यालय स्थापना गर्ने र नाका संचालनमा ल्याउने बताएका छन् ।

 

चुनावी सभालाई सम्बोधन गर्दैं भट्टराईले कोइलाबास नाकामा भन्सार कार्यालय स्थापना गर्ने र नाका संचालनमा ल्याउने आफ्नो एजेण्डा रहेको हुदा प्रदेश सभा सदस्यमा निर्वाचित गर्न अनुरोध गरेका छन् ।

‘सबैको घर घरमा मत माग्न आउन नसकेतापनि यसै कोण सभा मार्फत मत दिन आग्रह गर्दछु ।’ भट्टराईले भने– ‘विकास, सम्बृद्धिका लागि देउखुरी क्षेत्रको समग्र विकास निमित्त मतदान गरी विजयी गराउन अनुरोध गर्दछु ।’

बस्तीमा जादा दजनौ समस्या रहेका छन् । दशै लगत्तै आएको बाढीले धेरै बस्ती ढुवानमा परेका छन् ।

बाढी पसेको घर देखाउदै देउखुरीका जनताले भन्नुहुन्छ के तपाइको यो समस्याको समाधान गर्न योग्य हुनुहुन्छ ? जस्ता प्रश्न आउने गरेको बताउदै भट्टराईले हामी यसका योजना बनाउने छौं, यसको समाधान गर्न पहल गर्ने छौ । उनले थपे देउखुरीका जनताले केवलकार होइन राप्तीको तटबन्धन चाहेका छन् । त्यो सपना साकार पार्न मेरो उम्मेदवारी रहेको छ ।

तपाईको प्रतिक्रिया