लमहीबाट हतियारसहित दुई जना पक्राउ

दाङ । दाङको लमहीबाट प्रहरीले अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

प्रकाउ पर्नेमा बागलुङ घुइँयाखोला घर भएका २० वर्षीय सोमु विक र रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय रुक्मान सुनार (कमल) रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरुलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने सुनार र विक नाताले फूफाजु र भदै रहेका छन् । विकको साथबाट पेस्तोल आकारमा निर्माण गरिएको हतियार बरामद भएको छ । उक्त हतियार उनले भारतबाट ल्याएको खुलेको छ ।

लमही बजारमा एक जना व्यक्ति चक्कु राखेर हिडिरेहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले खान तलासी लिनेक्रममा उक्त अवैध हतियार बरामद भएको जानकारी दिएको छ ।

फूफाजु सुनारले लमहीमा जुनु बडीबिल्डर्सको ग्यारेज सञ्चालन गर्दै आएका छन् ।यसबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया