
देउखुरी । नेपाल प्रहरीका पुर्व वरिष्ठ उपरीक्षक टीका केसि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर २ निवासी केसिलाई आज सिसहसएक कार्यक्रमको बिच नेकपा एमालेकि पोलिटब्युरो सदस्य तथा दाङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेकी प्रतिनिधि सभाकि प्रत्यक्ष उम्मेदवार शान्ता चौधरीले टीका लगाएर प्रवेश गराएकि हुन् ।
नेपाल प्रहरीमा रहेर विभिन्न जिल्लामा कार्यरत हुदैगर्दा सबै पार्टीको निती राम्रो सँग बुझ्ने अवसर पाएको र सेवा निवित्त पछि एमालेमा प्रवेश गरेको टीका केसीले बताए । उनले भने ‘एमालेलाई २०७२ सालदेखि नियालेको र हाल आएर एमाले पार्टी संगठनमा प्रवेश गरेको छु ।’
केसीले एमालेको संगठनलाई मजबुद बनाउनुको साथै निर्वाचनमा पूर्णरुपमा प्रचारप्रसारमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
पार्टी प्रवेश कार्याक्रममा केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, प्रदेश कमिटि सदस्य जगत पोख्रेल, राप्ती गाउँपालिका अध्यक्ष मदन शर्मा लागाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया