
दाङ । बबई नदि किनारमा भेटिएको तीन जनाको शव पुरानो भएको खुलेको छ ।
बबई नदिमा आएको बाढीले किनारमा गाडिएको शव उत्खनन गर्दा फेला परेको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको स्थानमा पुगेको प्रहरी र जनप्रतिनिधिको टोलिले शव गाडिएको र बाढीले उत्खनन गर्दा बाहिर भेटिएको निष्कर्ष निकालेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ बबरपुरमा शव फेला परेको थसयो । तुलसीपुर उपमहानगरपालिका–१३ का वडा अध्यक्ष मोहन पौडेलले भेटिएको शव पुरानो भएको र नदिले कतैबाट बगाएर नल्याएको, गाडिएको शव बाढीले उत्खनन गर्दा बाहिर भेटिएको जानकारी दिए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया