गुर्जे खोलाले बगाउदा एक जना बेपत्ता

 

 

दाङ । दाङमा खोलाले बगाउदा एक जना बेपत्ता भएका छन ।

घोराही उपमहानगरपालिका–१० निवासी ५५ बर्षिय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बिरबहादुर ओलीले जानकारी दिए ।

बुधबार दिउँसो करिब १२ बजे खोलाले बगाउदा बेपत्ता भएका चौधरीको खोजतलास जारी छ । प्रहरीले खोजि जारि राखेको भएपनि अहिलेसम्म फेला पार्न सकेको छैन ।

तपाईको प्रतिक्रिया