खतराको नजिक पुग्यो राप्तीकाे जल सतह

 

 

दाङ। रातीदेखि लगातार परेको पानीका कारण पश्चिम राप्तीको दाङ खण्डमा जल सतह खतराको तह नजिक पुगेको छ ।

बगासोती जलमापन केन्द्रमा दिउसो २ बजे तिर जल सतहले ५.४ मिटर पार गरेको सशस्त्र प्रहरी बल भालुबाङका एसपी विनोद केसीले जानकारी दिए ।‘यो खतराको संकेत हो । हामीले नदि तटिय क्षेत्रमा सूचना प्रवाह गरिसकेका छौं’उनले भने–‘प्यूठानमा पानी धेरै प¥यो भने थप जोखिम  हुन सक्छ ।’

पानीको सतहले ६ दशमलव १ मिटर गरेमा खतराको तह पुगेको मानिन्छ । एक दुई दिन यसैगरी झरी लाग्ने सम्भावना भएकाले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।

जिल्लामा राप्ती र बबई जलाधार क्षेत्रका अधिकांस बस्ती बाढीको जोखिममा पर्ने गरेका छन् ।

बाढी आएसँगै राप्ती किनार नजिकका बासिन्दाहरू जाेखिम माेलेर दाउरा टिप्न राप्ती नदिमा गएका छन् ।

तपाईको प्रतिक्रिया