
जगत खनाल,
देउखुरी । राप्ती गाउँपालिका वडा नं. ९ देवीकोटमा ९४ थान अबैध चिरान सालको घप्पु फेला परेको छ ।
बिशेष सुराकिको आधारमा डिभिजन वन कार्यालय लमहिले वडा नं. ९ बाट बारिमा लुकाएको राखेको ९४ थान चिरान अबैध सालको घप्पु फेला पारेको हो ।
डिभिजन वन कार्यालय लमहीका सुचना अधिकृत छोटेलाल चौधरीका अनुसार वडा नं. ९ का बडा अध्यक्ष रिम बहादुर सुनारीको बारीमा लुकाएको अवस्थामा ४८ थान , मोतिराम वलिको सौचालय नजिक १० थान, वलिकै घर नजिक खोल्सामाबाट १९ थान र दुर्योधन घर्तीको बारीबाट १७ थान सालको घप्पु फेला परेको छ ।
बरामत गरिएका सबै काठ अहिले सब डिभिजन कार्यालय गढवामा राखिएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अधिकृत चौधरीले जानकारी दिए ।
वडा नं. ९ का वडा अध्यक्ष समेत रहेका रिम बहादुर सुनारीले उक्त काठ लुकाउनमा आफ्नो कुनै संलग्ता नरहेको बताएका छन । हाम्रो लुम्बिनी न्युज संवाददाता सँग कुरा गर्दै उक्त घटनामा मेरो आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । ‘यस विषयमा मेरौ कुनै संलग्नता छैन । मेरो बारीमा कसरी आयो मलाई कुनै जानकारी छैन ।’ वडा अध्यक्ष सुनारीले भने– ‘यस्ता कुराको पछाडी नलाग्न पनि सवैमा अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया