
भालुवाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण अन्तरगत जग्गा एकीकरण आयोजनाको अध्यक्षमा श्यामेस चौधरी नियुक्त भएका छन् । अध्यक्षमा नियुक्त भएका चौधरीले मंगलबार नियुक्त–पत्र हस्तान्तरण गर्दै पद तथा गोपनियताको सफथग्रहण गरेका छन् ।
प्रदेश पूर्वाधार विकास प्राधिकरण प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाले आयोजना गरेको नदी सभ्यतामा आधारित व्यवस्थित शहर विकासका लागि गर्न थालिएको जग्गा एकीकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले चौधरीलाई सफथग्रहण गराएका हुन् ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री केसीले राजधानी निर्माणका लागि राप्ती उपत्यकामा ७ सय विगाह क्षेत्रफलमा जग्गा एकिकरणको तयारी गर्न लागेको बताएका छन् । ‘राप्ती उपत्यकाको १४ वटा वडालाई समेटेर जग्गा एकिकरण हुन्छ ।” मुख्यमन्त्री केसीले भने ‘कुन कुन स्थानमा कस्ता कस्ता संरचना बनाउने भन्ने विषयमा नक्साङन सहित जग्गा नापजाँच गरि जग्गा एकिकरणको काम सुरू हुने छ ।”
जग्गा नक्साङन गरी राजधानी राख्ने ठाउँको एकिन पछि मात्र अन्य ठाउँको जग्गा फुकुवा हुने समेत मुख्यमन्त्री केसीले बताए ।

तपाईको प्रतिक्रिया