
बासुदेव न्यौपाने
सिसहँनिया । राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा रहेको प्रगतिनगर सहरी खानेपानी तथा सरसफाईको पानी ट्याक सञ्चालनमा आएको ४ महिनामै जिर्ण बन्ने अवस्थामा पुगेको छ ।
ट्याकीबाट पानी चुहिने समस्या आएपछि ४ महिनाको अवधिमा २ पटक उक्त ट्याकीको मर्मत सम्भार गरिसकिएको छ । बैसाख १ गतेदेखि पानी सञ्चालनमा आएको थियो ।
ट्याकीबाट पानी चुहिने समस्या आएपछि अहिले पानी वितरणको काम रोकी मर्मत सम्भार भइरहेको छ । पटक पटक यसरी पानी वितरण रोकिदा उपभोक्ता भने समस्यामा परेको बताएका छन् ।

राप्ती गाउँपालिका वडा नं. ८ पिपरीकी विष्णु गुरुङले ४ दिनदेखि धारामा पानी नआएको बताइन् । ‘यसरी पानी वितरण रोकीएको २ पटक भइसक्यो,” गुरुङले भनिन् ‘यसरी पानी वितरणको काम रोकीदा हामी उपभोक्तालाई पानीको समस्या परेको छ, घरमा जारको पानीको प्रयोग गरिहेको छु ।”
प्रगतिनगर सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भाद्र २५ गते बेलुकादेखि पानी वितरण रोकीएको जनाएको छ । हाल पानी वितरण रोकी मर्मत कार्य भइरहेको समितिका कोषाध्यक्ष भरत पाण्डेले बताए । पाण्डेका अनुसार पानी चुहीने समस्या भएको हुदा केही दिन पानी वितरण बन्द गरी ट्याकीको मर्मत भइरहेको छ ।
यसरी पानी वितरण रोकीदा १८ सय १५ घरधुरी पानीबाट बञ्चित हुनु परेको छ ।
ट्याकी निमार्ण गर्दैगर्दा कोभिड सुरु भएको हुदा विचमा निमार्ण कम्पनीले काम रोक्नु परेको थियो । जसका कारण पनि ज्वाइन्न हुदा यस्तो समस्या आएको निमार्ण कम्पनीले जानकारी दिएको पाण्डेले बताए । अहिले निमार्ण कम्पनीले मर्मत गरीरहेको छ ।

सञ्चालन भएको एक वर्षसम्म कम्पनी जिम्मा हुने हुदा समस्या उत्पन्न हुदा निमार्ण कम्पनीको ५ प्रतिशत रकम रोक्का रहेको छ । काम सम्पन्न नहुदै ५ प्रतिशत रकम भुक्तानी नहुने समितिले जनाएको छ ।
३० करोड २९ लाख ९६ हजार सात सय ६२ रुँपैया ५ पैसामा रमन सगरमाथा जेवीले ठेक्का पारी निमार्ण गरेको थियो।
एडिबीको सहयोगमा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास समितिबाट २५ प्रतिशत ऋण सहयोग र ५ प्रतिशत प्रत्यक्ष उपभोक्तको सहयोगमा निर्माण भएको छ ।
पाइपलाइन भत्कदा ७५ घरधुरी पानीबाट बञ्चित
पिपरादेखि छोड्की सिसहनियासम्म बाटो बिस्तार गर्ने क्रममा त्यहाँको पाइपलाईन बिग्राीएको छ । जसका कारण अहिले करिब ७५ घरधुरी पानीबाट बञ्चित हुनु परेको छ । उपभोक्ता समितिले पटक पटक गाउँपालिकामा यसको जानकारी समेत गरिएको कोषध्यक्ष पाण्डे बताए । बाटो निमार्ण गर्दा पाइपलाईन बिग्रीएको र पुरै नयाँ लाइन विस्तार गर्नु पर्ने अवस्था छ । तर यसको सुनुवाही पालिकाबाट नभएको पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया