भालुवाङ–लमही खण्डको राप्ती भित्रको सडकका खाडल पुर्ने काम सुरु

 

 

भालुवाङ । भालुवाङ–लमही सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका भित्रको सडकमा रहेका खाल्डा खुल्डी पुर्ने काम सुरु भएको छ ।

सडकमा रहेका खाडलका कारण सवारी दुर्घटना बढी हुन सक्ने भन्दै राप्ती गाउँपालिकाले सडकमा रहेका खाडल पुर्न सडक डिभिजन कार्यालय दाङलाई अनुरोध गरेको थियो । उक्त अनुरोध अनुसार सडक डिभिजन कार्यालय दाङले सडकमा रहेका खाडन पुर्ने कामा सुरु गरेको हो ।

राप्ती गाउँपालिका पुर्वाधार बिकास समिति संयोजक बिर बहादुर चौधरीको सहजिकरणमा खाडन पुने काम भइरहेको छ । भालुवाङको राप्ती पुलदेखि खाडल पुर्ने काम सुरु भएको छ ।

तपाईको प्रतिक्रिया