राप्तीमा अध्यक्ष विष्टका १०० दिनमा २९ महत्वपूर्ण काम

जगत खनाल
गत स्थानीय तहको निर्वाचन सुरु हुन लागेको थियो । राप्ती गाउँपालिकामा कस्तो नेतृत्व निर्वाचित भएर आउला भन्ने सर्बत्र चासोको बिषय बनेको थियो । चासो यस कारण पनि थियो कि यो गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी पनि हो ।

 

२०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाले दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नं. १,२,३ र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ८ र ९ वडालाई राप्ती उपत्यका मानी प्रदेशको स्थायी राजधानी घोषणा गर्यो । राजधानी कार्यान्वयन सँगै राप्तीमा रहेका धेरै समस्या समाधान गर्न कस्तो नेतृत्व आउला भन्ने चासो हुनु स्वाभाविक नै थियो ।

स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चासँग तालमेल गरि निर्वाचनमा होमिएको माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले अध्यक्षमा प्रकाश विष्टसहित ३ वटा वडा जित्न सफल भयो ।

नेकपा एमालेले उपाध्यक्ष सहित ४ वटा वडा जित्न सफल भयो भने नेकपा एकीकृत समाजबादी र नेपाली कांग्रेसले १/१ वडा हात पार्न सफल भए ।

राप्ती गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित भए पछी बिष्टले सकारात्मक कामको सुरुवात गरे । पदवाहलिको दिन नै कक्षा १ देखि १० कक्षासम्म निःशुल्क गर्ने र भालुबाङ र सिसहनिया स्वास्थ्य चौकीमा आपतकालीन स्वास्थ्य सेवा सुरु गर्ने निर्णय गरे । पहिलो निर्णयसँगै सुरु भयो रप्तीमा बिष्टको नेतृत्वमा जनता मुखी र राम्रा काम ।
अध्यक्ष पदमा निर्वाचित भए पछि कुन कुन काममा चुके भन्दा पनि हाम्रो टिमले १०० दिनमा के कस्ता राम्रो काम गरे भन्ने कुराको खोजीमा लाग्यो । आफ्नो बहुमत नहुदा केही बिषयमा विवाधित समेत हुनु परेको छ । तर, अन्तत १०० दिनमा गरेका राम्रो कामको निर्णय फेला पार्न सफल भयौं ।

राप्ती गाउँपालिकाले स्थानिय निर्वाचन पश्चात १०० दिनमा गरिएका महत्वपूर्ण कामहरु

१) स्वस्थ नागरिक अभियान अन्तर्गत विद्यालय हाता भित्र जंकफुड प्रतिबन्ध गरिएको छ ।

२) नागरिकको स्वास्थ्यमा सुधार ल्याउने तथा स्थानीय कृषि उत्पादनलाई प्रवर्धनका लागि सरकारी तथा गैरसरकारी कार्यालयहरुमा कोल्ड ड्रिङ्ग्समा प्रतिबन्ध लगाईएको तथा कार्यक्रमहरुमा प्लाष्टिकका खादा र माला प्रतिबन्ध लगाईएको ।

३) पालिकाले घोषणा गरेको निःशुल्क तथा गुणस्तरिय शिक्षा कार्यान्वयनका लागि नियमित अनुगमनका शिक्षक नियुक्ति कार्य अगाडी बढाईएको ।

४) विपतजन्य घटनाहरूबाट प्रभावित स्थानियलाई तत्काल राहातको व्यवस्था गरिएको ।

५) राप्ती गाउँपालिका वडा नं ५, करड्गेकोटमा रहेको जनता आधारभूत विद्यालयमा कम्पाउन्डवाल निर्माण गरिएको ।

६) राप्ती गाउँपालिका वडा नं २, बाहुनीपाटामा सोलार लिफ्टिङ गरि सिंचाईको व्यवस्था

७) राप्ती गाउँपालिका वडा नं १, भालुवाङको प्रस्तावित ५० बेडको अस्पताल संचालन गर्नका लागि ४ कोठे फ्याब भवनको निर्माण गरिएको ।

८) राप्ती गाउँपालिका वडा नं १ भालुवाङको प्रस्तावित ५० बेडको अस्पतालमा निक साइमन्स इन्सेक्टको सहकार्यमा पालिका सँग सम्झौता गरि विषेशज्ञ सेवा एम. डि. जि. पि. सहित प्रसुति शिल्यक्रिया सेवा शुभारम्भ गरिएको ।

९) बैङ्क तथा बित्तिय संस्थाहरु सँग वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई शुलभ व्याजमा कर्जा प्रवाह गर्ने सम्बन्धमा छलफल कार्यक्रम संचालन गरिएको ।

१०) भुमिहिन सुकुम्वासीहरुका लागि जग्गा उपलब्ध गराउने सम्बन्धमा निस्सा वितरण कार्यको शुभारम्भ गरिएको ।

११) बैदेशिक रोजगारबाट फर्किएका र स्वदेशमै बसेर उद्यम गर्न चाहने २० जना युवाहरुलाई सहायक तथा २० जना युवाहरुलाई सामुदायिक कृषि सहायक तालिम प्रदान गरिएको (CTEVT को सहकार्यमा)

१२) नदि कटान हुने क्षेत्र राप्ती ५ र ८ मा दोलाई खोलाको किनारमा स्थानियवासी तथा जनप्रतिनिधिहरुबाट बिभिन्न जातका पाँच सया बिरुवा वृक्षारोपण गरिएको तथा गाउँपालिका परिसरमा बृक्षारोपण सम्पन गरिएको ।

१३) राजनितिक दल, जन प्रतिनिधि, राष्ट्रसेवक कर्मचारीहरुका लागि असल चरित्र निर्माण तथा सकारात्मक सोच सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको ।

१४) स्थानियका गुनासाहरु सम्बोधन गर्नका लागि गाउँपालिका अध्यक्ष स्वयं सँग रहने गरी टोल फ्रि नम्बर संचालन गरिएको ।

१५) गाउँपालिका भित्र कार्यक्षेत्र बनाइ कार्यक्रम गरिरहेका NGO , INGO हरु संग उनिहरुको कार्यक्रमको बारेमा जानकारी लिइ आगामी दिनमा समन्वय तथा सहकार्यका लागि समन्वयात्मक बैठकको आयोजना गरिएको ।

१६) कोभिड १९ तथा भविस्यमा आईपर्ने यस्तै प्रकृतिका महामारीका लागि Comparted सिलिन्डर सहितको Malti Propose Shelter ( १६ बेड सहित) लागि वडा नम्बर ८ पिपरिमा जग्गा छनौट गरि कार्यक्रम संचालनका लागि प्रक्रिया अगाडि बढेको ।

१७) आ. ब. २०७८/०७९ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको ।

१८) राप्ती गाउँपालिका भिन्त्र उत्पादन भएको गल्ने र नगल्ने फोहोर व्यवस्थापन गर्ने गरि सरसफाई केन्द्र लागि जग्गा छनौट तथा जग्गाधनी सँगै सम्झौता कार्य सम्पन्न भएको ।

१९) जंक फुड नियन्त्रण अभियानका लागि भास्कर तेजश्री प्रतियानसँग सहकार्यका लागि प्रक्रिया अगाडि बढेको ।

२०) कम भोल्टेजका कारण विद्युतिय उपकरण प्रयोगमा समस्या उत्पन्न भएकोले राप्ती छनोट गरी सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाईएको ।

२१) स्थायी राजधानी कार्यान्वयनका लागि जग्गा एकिकरण आयोजनाको कार्यालय स्थापनाका लागि पालिकको भवन उपलब्ध गराईएको ।

२२) राजधानी स्थापनाका लागि राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिमा स्थानन्तरणका लागि पहलकदमी लिएको ।

२३) न्यायिक समितिमा आएका सबै उजुरीहरुको सुनुवाई गरि कार्यान्वयनमा लगिएको ।
२४) सहकारी संस्थाहरुलाई एकरुपता ल्याउनका लागि कोपोमिस तालिम संचालन गरीएको ।

२५) एकिकृत कृषि तथा पशुसेवा केन्द्र भवन निर्माणका लागि ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना सँग समन्वय गरि आवश्यक पत्र छनौट कार्य सम्पन्न भएको ।
२६) ईलाका प्रहरी कार्यालय भालुवाङलाई विपद व्यवस्थापन तथा उद्दार कार्यका लागि तथा ट्राफिक सवारी दुर्घटना न्यूनिकरणका लागि उपकरणहरु हस्तान्तराग गरिएको साथै सवारी दुर्घटना कम गर्न पूर्व पश्चिम राजमार्गका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको ।

२७) वडा नं ९ सम्म जाने बाटोलाई बाहै महिना सवारी साधन चल्न सक्ने गरि सडक मर्मतको कार्य भएको ।

२८) नेपाली मौलिक लोक संस्कृतिको जगेर्ना तथा लैगिक हिंसा न्यूनिकरणका लागि ३०० महिला दिदीबहीनीको सहभागितामा तिज विषेश कार्यक्रम सम्पन्न भएको ।

२९) सम्भावित दुर्घटनालाई मध्यनजर गरि पालिका भित्र रहेको मुख्य सडकको दायाँ बायाँ रहेका ६१ वटा जोखिम युक्त रुख कटान गर्ने प्रक्रिया अगाडी बढेको ।

राप्ती गाउँपालिकामा निर्वाचित भएर आएका विष्टको नेतृत्वले गरेका केही राम्रा कामको बुदागत रुपमा पेश गरेका छौं । राम्रो कामको प्रशंसा मात्र होइन नराम्रा कामको पनि हामी खवरदारी गर्ने छौं । राम्रा कामको साथसाथै केही बिषय बिवाधित समेत बनेका छन् ।

तपाईको प्रतिक्रिया