फेस अफ दाङको तेस्रो सिजन सुरु हुँदै

 

 

दाङ । दाङमा फेस अफ दाङको तेस्रो सिजनको रजिष्ट्रेशन सुरु भएको छ।

सन् २०१९ देखि सुरु भएको यस प्रतियोगिताको तेस्रो सीजन २०२२ मा हुन गइरहेको छ। यस प्रतियोगितामा भाग लिन सर्वप्रथम इच्छुक व्यक्तिले आफ्नो नाम अनलाइन रजिस्टर गर्नु पर्नेछ।

फेस अफ दाङका आयोजक अनिल कँडेलका अनुसार यो प्रतियोगीतामा भाग लिने ईच्छुक व्यक्ति कुनै पनि उमेर समूह को हुन सक्नेछ। उनका अनुसार विगतका दुई सिजन भन्दा अहिलेको सिजन अझ राम्रो र केही नयाँ परिवर्तनका साथ आएको छ।

फेस अफ दाङ्ग पहिलो सिजनका बिजेता घोराही उपमहानगरपालिका १० का कृष्ण लहरे रहेका छन् भने दोस्रो सीजनका बिजेता घोराही उपमहानगरपालिका १५ का भावना रेग्मी रहेकी छिन्।

पहिलो चरणको अडिसन अर्को हप्ता घोराही, नारायणपुर र तुलसीपुरमा हुने कँडेलले जानकारी दिए ।

थप जानकारीका लागि फेस अफ दाङको फेसबुक पेजमा सम्पर्क गर्न सक्नुहुन्छ र साथै ९७४२५८२९१६ नम्बरमा पनि सम्पर्क राख्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया