
देउखुरी । नेपाली कांग्रेसका बुद्धिप्रकाश चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
चौधरी नेपाली कांग्रेसका नेता स्व. श्रीनारायण चौधरीका छोरा हुन् । राप्ती गाउँपालिका ४ मौरीघाट निवासी चौधरी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए । समाजसेवी समेत रहेका बुद्धिप्रकाश चौधरी आइतबार नेकपा एमालेमा प्रवेश गरेक छन् ।
एमाले पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नरुलाल चौधरी, पोलिटव्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्य गंगा थारु, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा लगायतले पार्टी प्रवेश गराएका हुन् ।
यस्तै नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि चित्रम चौधरी सहित सय बढी व्यक्ति विभिन्न पार्टी परित्यागगरि एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशी बुद्धिप्रकाश चौधरीले नेपाली कांग्रेसले सहिद आफ्नो बुवा श्रीनारायण चौधरीलाई अपमान गरेको, अहिलेसम्म सहिदको प्रमाणपत्र दिन नसकेको बताए । कांग्रेसले अपमान जनक व्यवहार गरेकाले न्यायको लागि एमाले पार्टी रोजेको प्रतिक्रिया दिएका छन ।

तपाईको प्रतिक्रिया