गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छुः केशव स्थापित

१२ बैसाख, काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका छन् ।

 

उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि दोब्बर मतले निर्वाचित हुने दाबी गरेका हुन । ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु ।’ उनले भने ‘गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’

२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे । स्थापित काठमाडौं महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री हुन् ।
यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा भने पूर्व मिस नेवा सुनिता डंगोलको उम्मेदवारी दर्ता गराएकी छन् ।

तपाईको प्रतिक्रिया