लोक नृत्यको उपाधी ज्योतिषमती विद्यापिठलाई

देउखुरी । लमहीमा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

 

प्याब्सन लमही नगर समितिको आयोजनामा भएको प्रतियोगितामा आठ वटा संस्थागत विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा प्रथम ज्योतिषमति विद्यापिठ लमही, दोस्रो गोरखा बोर्डिङ्ग स्कुल लमही र तेस्रो रोजि बड्स बालबाटीका विद्यालय लमही भएको छ ।

उत्कृष्ट हुने विद्यालयलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको छ । प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशमबहादुर बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र क्षत्री लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

निर्णायक मण्डलमा शेषणमी अधिकारी, प्रविण रेग्मी र ममता चौधरी रहनु भएको थियो । गोविन्द खनालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव लोकमान रिजालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया