
काठमाडौं । लुम्बिनीमा अब विद्युतीय बस सेवा सञ्चालन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार बैठकले लुम्बिनीमा एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । लुम्बिनी जाने पर्यटकलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताएका हुन् । विद्युतीय बस सञ्चालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनमा जाने पर्यटकलाई सहज हुनेछ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया