स्वर्गद्वारीमा जीप दुर्घटना, १ जनाको मुत्यु, १४ घाइते

 

 

प्यूठान । प्यूठानमा शनिबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने १४ जना घाइते भएका छन् ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटनामा घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए ।

उनिहरु स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा शनिबार जीप दुर्घटनामा परेका हुन् । जीपमा १७ जना सवार थिए ।

तपाईको प्रतिक्रिया